| बुधबार, फाल्गुन १९, २०७७

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। स्वास्थ्य उपचारका लागि भारत गएका उनी आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको हो।  

आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्