| शनिबार, बैशाख ८, २०८१

पार्टी व्यवस्थापन राम्रो नभएरै हार्नुपर्योः नेता पौडेल

प्रचण्ड–नेपाल समूहलाई सरकार बनाउन सहयोग गर्छौं : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सकिने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताएका हुन्।  

‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ।  यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ’, वरिष्ठ नेता पौडेलले भने।  

प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै उनले प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नु पर्ने बताए। उनले भने, ‘अहिलेको स्थिति नाजुक छ, संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? कांग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन।’  

पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उनले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अबस्था देखिएको बताए।  

उनले भने, ‘सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छौँ।’ एक प्रश्नका जवाफमा अहिलेको ‘भद्रगोल राजनीति’ कांग्रेसले सम्हाल्नु पर्ने बताउँदै उहाँले भारत, चीन र अमेरिकालाई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नु पर्ने बताए। रासस 

प्रतिक्रिया दिनुहोस्