| शुक्रबार, बैशाख ३, २०७८

वसन्त ऋतुमै अन्नपूर्ण आरोहणको कीर्तिमान राख्छु : सर्मिला लामा

सगरमाथा आरोहणको लक्ष लिएर आधार शिविरबाट उक्लिनु भएकी आरोही सर्मिला लामा आठ हजार मिटरसम्म पुगेपछि शरीरले साथ नदिँदा उहाँचुचुरो नजिकैबाट फर्कनु भयो ।
करिव २० लाख रुपिया खर्चेको आरोहण सफल बन्न सकेन उहाँको महिनौंको मिहिनेत, दुःख, थकाइ सबै चकनाचुर भयो तर पनि उहाँले आरोहणलाई निरन्तरता दिने हिम्मत भने हार्नुभएन ।

काखे छोरालाई छाडेर भए पनि आरोहण सफल बनाउने हिम्मत उहाँमा एक इञ्चपनि डगमगिएन । अहिले असफल आरोही बने पछि उहाँको बेग्लै पहिचान छ ।
असफलताबाट मिलेको यो सफलता पछि उहाँले सगरमाथा, मनास्लु लगायत आधादर्जन हिमालको सफल आरोहण सम्पन्न गरी सक्नुभएको छ । संसारका अग्ला १४ हिमालको आरोहणगर्ने लक्षमा उहाँ जुट्नु भएको छ । अभियान सफल बनाउन वसन्त ऋतुमा अन्नपूर्ण हिमालको आरोहण गर्ने आधारशिविर बाटो लाग्नु भएको छ ।
उहाँले भन्नुभयो, मेरो सगरमाथा आरोहण पहिलो पटक असफल भयो मैले हिम्मतहारिन दोस्रो पटक फेरि आरोहण गरे र सफल भएँ । लाखौं खर्च भयो तर हिम्मत हारेको भए सायद सफल आरोही बन्थिन होला तर अब अग्ला १४ हिमालको आरोहण लक्षमा हिडेकी हुँ उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा जन्मिनु भएकी शर्मिला घरकीएक्ली पर्वतारोही हुनुहुन्छ । उहाँले २२ वर्षमै विवाह वन्धनमा वाँधिएर काखे छोरालाई छाडेर पनि सन् २०१८ मा सगरमाथा आरोहणमा लाग्नुभएको थियो तर सफल बनेन र २०१९ मे २२ मा सगरमाथाको चुचुरो चुमेरै छाड्नु भयो । त्यस पछि २०१९अगस्ट १२ मा युरोपकै अग्लो हिमाल एल्ब्रस आरोहण गर्न सफलहुनुभयो । महिलालाई उत्प्रेरित गर्न ‘ओमेन क्यानक्यारी द वल्र्ड’ र ‘स्टप हृयुमेन ट्राफिकिङ’ सन्देश उहाँको छ ।
महिला सशक्तीकरणको संकल्प, महिलाहरुलाई आत्मनिर्भर बनाउन, जनचेतना फैलाउने परिवारबाटै बेचविखन हुने घटनाको अन्त्य गर्न हिमालको चुचुरोबाट आवाज उठाउने उहाँको लक्ष रहेको बताउनुभयो ।
सबै विर्सिएर आठ हजार मिटर माथिको मृतक्षेत्र (डेथजोन)मा जाने आँट गर्नु आफैले आफैलाई जित्नु हो यो सानो आँटले पूरा गर्न नसकिने उहाँले भन्नुभयो ।
उहाँलाई आरोहण गर्ने अनुमती घर परिवारबाट अझै पनि मिलेको छैन । तर पनि चुचुरोको सफल आरोहणले आधा आकाश ढाकेको महिलाको सक्षमता र सहाशलाई देखाउन सक्नुले आफूमा गर्व महसुस भएको उहाँ बताउनुहुन्छ ।

पासाङ ल्हामु शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गरे पछि आरोहण क्षेत्रमा थप महिलाहरु थपिदै गएका छन् । हाल ४९ जना नेपाली महिलाले सगरमाथाको सफल आरोहण गरी सकेको पर्यटन विभागको तथ्याङ्क छ । संखुवासभाका लाक्पा शेर्पाले नौ पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राखेका छन् तर अन्नपूर्ण हिमालभने आजसम्म नेपाली महिलाले आरोहण गर्न सकेको छैन । आरोही सर्मिलालामा, माया शेर्पा, पासाङ ल्हामु शेर्पा (अकिता), दावायाङजुम शेर्पा, पुर्णिमाश्रेष्ठ, दावाफुटी शेर्पा यो बसन्तऋतुमै अन्नपूर्ण आरोहण गरी कीर्तिमान कायम गर्ने लक्षमा हिडनुभएको छ ।

आफूले आफैलाई जित्नु पहिलो हिमाल आरोहण हो तब मात्र हिमालको चुचुरो पुग्न सकिने महिला आरोहीहरुको भनाई छ । केही सकिदैन भन्ने जस्ता बहानाले गर्दा महिला पछि परेको भन्दै आरोही लामाले सबै महिलाले सबै कामगर्न सक्ने हिम्मत राख्नु पर्ने समेत सुझावदिनुभयो । १४ उच्च हिमाल आरोहणको लक्ष पूरा गर्न उहाँलाई अब नेपालका अन्नपूर्ण, धवलागिरि, कञ्चनजंघा, मकालु, चोयु र ल्होत्से, चीनको सिसापाङ्मा र पाकिस्तानको केटु, नांगा पर्वत रब्रोड पिक हिमाल बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्