| आइतवार, बैशाख २६, २०७८

समन्वयको अभावमा कोरोना संक्रमण बढ्ने आशंका

यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारुकता देखाउन पर्छ ।

हाम्रो देश नेपाल कम जनसंख्या भएको कारण यहाँ कोरोना नियन्त्रण गर्न सम्भव छ । यसका लागि सरकारले आवश्यक सजकता सतर्कता तत्काल र दीर्घकालीन गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्वाधार तयारी अवस्थामा चौबीसै घन्टा तैनाथ हुनुपर्छ । सबैभन्दा पहिला सम्भावित जोखिमका क्षेत्र ठाउँ श्रोत पहिल्याउन ढिलो गर्नु हुँदैन ।
छिमेकी मुलुक भारतमा दिन प्रतिदिन लाखौं मानिस संक्रमित भएको हजारौं मानिसले ज्यान गुमाइरहेको, लास जलाउने र गाड्ने मसानघाटको अभाव भएको भन्ने दर्दनाक भयानक समाचार सुन्नमा आउँदा स्वभावैले हामी नेपाली पनि उच्च जोखिममा छौँ र भयभित छौँ ।

भारत लगायत विश्वका सयौं देशमा रोजगारीको सिलसिलामा लाखौं नेपाली त्यहाँ कार्यरत छन् । कोही हवाइ मार्ग कोही सडक मार्ग हुँदै स्वदेश फर्कनेहरूको लर्को दिनहुँ बढिरहेको छ । विशेषगरी भारतमा संक्रमण अत्यन्तै धेरै भएको हुँदा भारतबाट फर्कने र त्यहाँ बस्ने लाखौं नेपाली उच्च जोखिममा छन् । स्वदेश फर्कने सीमानामा लामो लाइन देखिन्छ ।
जसरी तसरी असुरक्षित तरिकाले आएकालाई सिधै घर पठाउने अनि शिक्षण संस्था बन्द गरेर कोरोना नियन्त्रण गर्न खोज्नु मूर्खता सिवाय अरू केही होइन ।

आएकाले सामान्य स्वास्थ्य परीक्षण हुन नसकेको संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई पर्याप्त सहयोग नगरेको, समन्वय स्वास्थ्य सामग्रीको चरम अभाव, साधनस्रोत, स्वास्थ्यकर्मी, दक्ष जनशक्तिको अभाव रहेको, प्रहरीलाई परिचालन गरेर कोरोना नियन्त्रण त हुँदैन होला । आवत जावत रोकेर पनि सम्भव छैन
संघ सरकार र तालुकदार स्वास्थ्य मन्त्रालय दिनहुँ निर्देशन दिने धम्कीपूर्ण भाषा प्रयोग गर्ने बाहेक समन्वयको ठूलो खडेरी देखिन्छ ।

सीमामा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी पिपिइ, माक्स चेकजाँच गर्ने किटको अभाव भएको गुनासो गरेको सार्वजनिक संचार माध्यमबाट सुनिने गरिन्छ । त्यसरी जोखिमपूर्ण क्षेत्रबाट यात्रा गर्दा उनीहरुको जीवन पनि असुरक्षित त छँदैछ, उचित चेकजाँच भएन भने परिवारलाई र सिङ्गो समाजमा संक्रमित भएकाबाट संक्रमण फैलिने निश्चित छ ।
संघ, प्रदेश र स्थानीय तह मिलेर त्यसरी स्वदेश फर्कने भारत लगायत तेस्रो मुलुकहरूबाट आउने नागरिकको सही तरिकाले चेकअप गर्ने लक्षण भएकालाई उपचार, आइसोलेसन, अस्पतालमा, नभएकालाई केही दिन क्वारेन्टिनमा राख्ने, त्यो पनि सम्भव नभए प्रत्यक्ष निगरानीमा होम क्वारेन्टिनमा राख्ने व्यवस्था गरौं ।

स्वदेश आउँदा कत्ति पनि लापरवाही नगरौं । आफू पनि बाचौं, अरूलाई र आफ्नो परिवार समाजलाई पनि बचाउने जिम्मा तपाई हाम्रो काँधमा छ । सरकारका कर्मचारी रूखो नबोलौँ सान्त्वना दिने सही सल्लाह दिने भरपूर कोसिस गरौं । जनचेतनामूलक सन्देश प्रवाह गरौं ।
राजनीतिक, कूटनीतिक कुरा नगरौं । तर, रोजगारीको सिलसिलामा होस् चाहे व्यापारको सिलसिला, पारिवारिक नाता कुटुम्ब रोटीबेटीको सम्बन्ध भन्नुहोस्, चाहे खुल्ला सीमाका कारण धार्मिक, साँस्कृतिक,रीतिरिवाज धार्मिक तीर्थयात्री, बिना रोकावट, सामान्य परिचयपत्र पनि नचाहिने भारत नेपालको सम्बन्ध सनातन अति विशिष्ट घनिष्ट सम्बन्ध युगौँ युगदेखि रहँदै आएको छ ।

यो कोरोनाको संक्रमणकाल र राजनीति कूटनीति सम्बन्धको कारण विगत एक वर्षयता अलि असहज परिस्थितिमा छ । तथापि दुई देशको सम्बन्ध राजनीति र कूटनीति हिसाबले शासकीय शैलीबाट फेरबदल हुनसक्छ । तर, धार्मिक सांस्कृतिक साहित्य भाषा कला रहनसहनको हिसाबले जनस्तरमा प्रगाढ, प्रगतिशील र स्थिर सम्बन्ध छ । लाखौं नेपाली भारतमा रोजगारीका लागि जाने, भारतका नेपाल आउने यसको यकिन तथ्यांक न त भारतसँग छ, न नेपालसँग । अनुमानित मात्रै हो ।

यसरी नै असंगठित हिसाबले हजारौं वर्षदेखि निरन्तर चलिरहेको छ ।
यो कालखण्डमा कोरोना महा व्याधिको कारण चीनको वुहान प्रान्तबाट २०२० सुरु भएको कोभिड १९ आजका मितिसम्म नियन्त्रणमा आउन सकेको छैन । विज्ञ वैज्ञानिक खोजकर्ता अनुसन्धान रातदिन लागिपरेका छन् ।

कतिपय देशले कोरोनाविरुद्ध भ्यक्सिन पनि निकालिसकेका छन् । नियन्त्रण हुने संकेत देखिँदैन । पछिल्लोपटक त झन् भयावह रूप लिँदै गएको देखिन्छ । यी मानव सभ्यताको निम्ति ठूलो चिन्ताको विषय हो ।

प्रतिक्रिया दिनुहोस्