| सोमवार, मंसिर १३, २०७८

नेकपा एमाले गोरखाको वडा अधिवेशन सुरु

मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी अन्तर्गत नेकपा एमाले गोरखाले धमाधम वडा अधिवेशन गर्न थालेको छ । केही दिनअघि आरुघाट गाउँपालिका वडा नं. १ र २ को र भीमसेनथापा गाउँपालिकाल वडा नं. ३ र ७ को वडाअधिवेशन सम्पन्न गरेको छ ।


आरुघाट गाउँपालिका वडा नं. १ मा सिँहबहादुर गुरुङको अध्यक्षतामा २९ सदस्यीय र वडा नं. २ मा कर्ण घलेको अध्यक्षतामा सोही संख्यामा वडा कमिटी गठन गरिएको छ । त्यस्तै भीमसेनथापा गाउँपालिका वडा नं. ३ मा मेघनाथ बञ्जराको अध्यक्षतामा वडा कमिटी गठन गरिएको जिल्ला कमिटीका सचिव कृष्ण नेपालीले जानकारी दिए ।


बाँकी वडाहरुको अधिवेशन आउँदो शनिबार एकसाथ सम्पन्न गर्ने उनले बताए ।


नेकपा एमालेले आउँदो कात्तिक नौ गते गोरखाका चुमनुब्री गाउँपालिकाबाहेक १० वटै पालिकाको पालिका अधिवेशन पनि सम्पन्न गर्ने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्