| सोमवार, मंसिर १३, २०७८

फाइजर खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई स्वीकृत गर्ने तयारी

अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन स्वीकृत गर्ने तयारी भएको छ ।

अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञहरुले खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् ।

योसँगै अबको केही साता भित्रै ५ बर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप आकस्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्