| बिहिबार, बैशाख ६, २०८१

२४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

अहिले देशभर ७५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्