| आइतवार, बैशाख २६, २०७८

प्रचण्डको टाउकोको मूल्य तोक्नेले अहिले देखिसहेका छैनन् ः ओली

ओलीको कार्यशैलीमा सशंकित माआेवादी, पर्ख र हेर रणनीतिमा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।

‘एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएकोे छ त्यसले हाम्रा नेताहरूलाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ। अहिले पर्ख र हेरकै अवस्था छौं।’ पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पुर्‍याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो। पार्टी एकतापछि आफ्नो भूमिका कमजोर हुनसक्ने माओवादी नेतृत्वको बुझाइ छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्