| बिहिबार, अशोज १५, २०७७

कांग्रेसको सचेतकमा भुसाल

कांग्रेसको सचेतकमा भुसाल

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाको सचेतकमा पुष्पा भुसाल गौतमलाई मनोनित गरेको छ। पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभा सचेतकमा नियुक्त गरेका हुन्।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम भुसाललाई सचेतकमा नियुक्त गरिएको देउवाका निजी सचिव केशवराज जोसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्