
बालुवाटारमा ओली र प्रचण्ड गोप्य वार्तामा, फुक्ला त एकताको गाँठो ?
६ वैशाख – पार्टी एकताको गाँठो फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा अहिले दुर्इ नेताबीच छलफल भइरहेको छ ।
एकता संयोजन समितिले पार्टी एकताका बाँकी विवादमा सहमति खोज्दै प्रतिवेदनलार्इ अन्तिम रूप दिन जिम्मेवारी दिएपछि दुर्इ नेताबीच छलफल चलेको हो ।
९ वैशाखमै पार्टी एकता गर्ने तयारी गरे पनि दुर्इ पार्टीबीच वैचारिक र सांगठनिक विषयका केही महत्वपूर्ण सवालमा सहमति जुट्न सकेको छैन ।
सहमति नजुटेकै कारण नेताहरूले ९ वैशाखको एकता घोषणा केही पर सारेका छन् ।