| बिहिबार, अशोज ८, २०७७

प्रचण्डको टाउकोको मूल्य तोक्नेले अहिले देखिसहेका छैनन् ः ओली

ओली र प्रचण्ड: तीन घण्टा छलछल गरे, तर विवाद टुङ्ग्याउन सकेनन्

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको वार्तापनि विना निष्कर्ष टुङ्गिएको छ।

 

विवादित तीन विषय टुङ्ग्याउन ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास वालुवाटारमा विहान ९ बजेदेखि झण्डै ३ घण्टा वार्ता भएको थियो।

जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान दृष्टिकोण बनाउन ओली र प्रचण्ड वार्तामा जुटेका थिए।

एकता संयोजन समितिको ४ बैशाखको बैठकले विवादित विषय टुङ्ग्याउने जिम्मा ओली र प्रचण्डलाई दिए बमोजिम उनीहरुबीच आज वार्ता भएको हो।

दुई शीर्ष नेताबीच विवादित विषयमा सहमति जुटेपछि मात्र एकता संयोजन समितिको बैठक बोलाउने निर्णय ४ बैशाखमा भएको थियो।

तर आजको वार्ताले संयोजन समितिको बैठकको मिति तय गर्न नसकेकाले उनीहरुबीच विवादित विषयमा अझै सहमति नजुटेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्