| शुक्रबार, अशोज ९, २०७७

स्थापना दिवशमा नेविसंघ गोरखाको सहयोग मानव सेवा आश्रमका विद्यार्थीहरुलाई

 स्थापना दिवशमा नेविसंघ गोरखाको सहयोग मानव सेवा आश्रमका विद्यार्थीहरुलाई   

गोरखा ः बिहीबार नेपाल विद्यार्थी संघ गोरखाले ४९ औँ स्थापना दिवश मानव सेवा आश्रम गोरखामा रहेका विद्यार्थीहरुलाई सहयोग गरेर मनाएको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिती गोरखाले मानव सेवा आश्रम गोरखामा रहेका २० जना बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

नेवि संघ गोरखाका अध्यक्ष रुप बहादुर गुरुङ को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गोरखाका जिल्ला सचीव एवं आरुघाट गाउपालिका प्रमुख पुर्ण बहादुर दाहाल ,नेपाली कांग्रेस गोरखाका कोषाध्यक्ष कृष्ण बहादुर आले, धार्चे गाउपालिका प्रमुख सन्तोष गुरुङ, सिरान्चोक गाउपालिका प्रमुख राजु गुरुङ, नेपाल बिद्यार्थी संघका जिल्ला सहसचिब सुवास अधिकारी, नेपाल बिद्यार्थी संघका जिल्ला सदस्य मिलन सिंह बस्नेत, द्रब्य शाह बहुमुखी क्याम्पसका स्वबियू उप सभापति शिव हरि तिमिल्सिना, नेबि संघ गोरखा क्याम्पस इकाईका नेता रबिन श्रेष्ठ लगायत को उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्