| बुधबार, मंसिर १०, २०७७

ब्यानरमा लेनिनको फोटो नभएपछि एमाले(माओवादी कार्यकर्ताले गरे बिरोध

ब्यानरमा लेनिनको फोटो नभएपछि एमाले(माओवादी कार्यकर्ताले गरे बिरोध

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा मनाएको कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताहरूले विरोध गरेका छन्। पार्टी स्थापना तथा लेनिन जयन्तीको दिन कार्यक्रमको ब्यानरमै लेनिनको फोटो नभएको भन्दै कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा कार्यकर्ताले नाराबाजी गरिरहका छन्।

कार्यकर्ताको नाराबाजीका कारण कार्यक्रम सुरु हुन सकेको छैन।  यता नेकपा माओवादी केन्द्रका नेता तथा ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले कार्यकर्तालाई संयमित ढंगले कुरा राख्न आग्रह गरे। उनले भने,‘तपाईहरूले उठाएका कुरा हामी सम्बोधन गर्छौँ। के गर्नुपर्छ हामी गर्छौँ। तपाईहरू अनुशासित भएर आफ्नो ठाउँमा बस्नुस्।’

यसैबीच कार्यकर्ताको विरोधपछि आयोजकले ब्यानर हटाइएको छ। ब्यानरको एकतर्फ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को तर्फ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो छ। यस्तै, ब्यानरको माथिल्लो भागमा पुष्पलाल श्रेष्ठ, मनोमहन अधिकार र मदन भण्डारीको फोटो छ।

प्रतिक्रिया दिनुहोस्