| शुक्रबार, चैत्र १६, २०८०

समयमा काम नगर्ने कर्मचारीलाई कारवाही हुन्छ ः राज्यमन्त्री

समयमा काम नगर्ने कर्मचारीलाई कारवाही हुन्छ ः राज्यमन्त्री

काठमाडाैँ : संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले तोकिएको समयभित्र काम सम्पन्न नगर्ने कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

राज्यमन्त्री बाँस्कोटाले मन्त्रालयले आगामी एक सय दिनभित्र गर्ने काम आइतबार सार्वजनिक गर्दै तोकिएकै मितिमा काम सम्पन्न नभए ती निकायलाई कारवाही गर्न बाध्य हुने चेतावनी दिएका हुन्। राज्यमन्त्री बाँस्कोटाले काम गर्नका लागि राजनीतिक नेतृत्वको तर्फबाट आफूले आवश्यक वातावरण बनाउने पनि पटक-पटक दोहोर्‍याए। राज्यमन्त्री बाँस्कोटाले समय सीमा तोकेरै जनताको सेवालाई प्रभावकारी बनाउन आफूले पनि सय दिने कार्ययोजना सार्वजनिक गरेको स्पष्ट पारे।

राज्यमन्त्री बाँस्कोटाले काम नगर्ने कर्मचारीलाई कुनै पनि बाहानामा क्षमा गर्न नसकिने पनि स्मरण गराए। राज्यमन्त्री बाँस्कोटाले राम्रो काम गर्न कसैलाई सोधिरहन नपर्ने बताए। उनले सार्वजनिक गरेको कार्ययोजनामा तीन महिनाभित्र सबै केन्द्रीय निकायहरूमा सरकारी इमेल प्रणाली संचालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ। त्यसैगरी छ महिनाभित्र सबै निर्वाचित पदाधिकारी र अधिकृतस्तरका कर्मचारीहरूलाई समेत सरकारी इमेल उपलब्ध गराउने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्