| शुक्रबार, अशोज १६, २०७७

कांग्रेसको केन्द्रीय समिति बैठकमा, नेविसंघको नाराबाजी

कांग्रेसको केन्द्रीय समिति बैठकमा, नेविसंघको नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर नेविसंघका नेता कार्यकर्ताले  पार्टी कार्यालय बाहिर प्रदर्शन गरेका छन् ।

साेमबार महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन  गरेका हुन् । धर्ना र प्रर्दशनपछि  सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएकाे थियाे  ।  ज्ञापनपत्र बुझ्दै सभापति  देउवाले नेविसंघकाे मागलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने वचन दिएको काफ्लेले बताए।

साे अघि नेविसंघका कार्यकर्ताले  सभापति  देउवाको कार्यशैलीका कारण पार्टी चुनावमा पराजित र कमजोर  हुन पुगेको, नेविसंघका अध्यक्षले पनि संगठन स्वेच्छाचारी ढंगले चलाएको लगायतका आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए ।

उनीहरुले विधान विरोधी नेविसंघ नेतृत्वलाई पार्टीले संरक्षण बन्द गर्नुपर्ने, संगठनलाई पारदर्शी बनाउन तत्काल  महाधिवेशनको मिति तोकिनुपर्नेलगायतका माग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्