| बिहिबार, अशोज ८, २०७७

कांग्रेस संस्थापन पक्ष रामचन्द्रप्रति अाक्रामक

कांग्रेस बैठकः सदस्यले औँला ठड्याइरहे, देउवाले सुनी रहे

काठमाडौं : नेतृत्वको कमजोरीका कारण चुनावमा अनपेक्षित नतिजा आएको कांग्रेस केन्द्रीय सदस्यहरूले बताएका छन्। केही दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन्। सभापति शेरबहादुर देउवाले स्वेच्छारी ढंगबाट पार्टी सञ्चालन गर्न खोजेका कारण अनपेक्षित नतिजा आएको धेरैजसो केन्द्रीय सदस्यहरुले बताएका छन्।

देउवाको पार्टी संचालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको १३औँ महाधिवेशनमा समर्थन गरेका कतिपय नेताले देउवको साथ छोड्दै छन्। १३ औँ महाधिवेशनमा देउवालाई समर्थन गरेका पार्टीका पुराना नेता केबी गुरुङले समेत समर्थन फिर्ता लिएको घोषणा गरिसकेका छन्। उनले देउवालाई समर्थन गर्नु आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल भएको बताएका थिए। गत चैत्र ९ गतेदेखि जारी बैठकमा अहिले पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। चैत्र ९ देखि सुरु भएको बैठक पार्टीका नेता खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गते स्थगित भएको थियो। उक्त बैठक आइतबारबाट पुनः सुरु भएको हो।

बैठकमा सोमबार दिउँसोसम्म ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। चुनावको समीक्षा गर्न भन्दै बोलाइएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले गत मंसिरमा भएको निर्वाचनमा नेतृत्वकै कारण अनपेक्षित नतिजा आएको बताइरहेका छन्। उनीहरूले पार्टीमा सुधार ल्याउनुपर्ने धारणासमेत राखिरहेको प्रवक्ता शर्माले बताए। यस्तै, बैठकमा पार्टीका सबै कमिटी तत्काल भंग गरी  अधिवेशन गरेर तत्काल पार्टीको महाधिवेशन गर्नुपर्ने बैठकमा धारण आइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्