| मङ्लबार, अशोज १३, २०७७

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई

भूकम्पपीडितको अनुदान एकमुष्ट रूपमा उपलब्ध गराउनुपर्छ ः भट्टराई

दरौँदी ः नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्पपछिको पुनर्निर्माणको अनुदान रकम एकमुष्ट रुपमा उपलब्ध गराउन सरकारसाग माग गरेका छन् ।संयोजक भट्टराईले किस्ताबन्दीमा अनुदान सहायता उपलब्ध गराएर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाए ।उनले स्थानीय तहको सरकार बनिसकेकाले सोही निकायमार्फत् पुनर्निर्माणको अनुदान सहायता सरकारले जनतालाई उपलब्ध गराउनुपर्ने धारणाव्यक्त गरे ।सोमबार काठमाडौंमा आयोजित भूकम्पको गतिविधिलाई समेटेर तयार पारिएको ‘कम्पन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै डा. भट्टराईले पुनर्निर्माणको कामलाई तीव्रता दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्