| शुक्रबार, अशोज ९, २०७७

प्रदेश–४ मा यसरी बाझे सांसदहरु

प्रदेश–४ मा यसरी बाझे सांसदहरु

प्रदेश नम्बर–४ को प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुबीच चर्काचर्की भएको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले सभाको क्षेत्राधिकार बाहिर गएर कम्युनिष्ट नेताहरुलाई गाली गरेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका हुन् ।

श्रेष्ठले कम्युनिष्ट पार्टी एकताको सन्देश दिन आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई ‘गैरराष्ट्रवाद’कारुपमा टिप्पणी गरेपछि माओवादी केन्द्रका सांसद दीपक कोइरालाले नियमापत्ति जनाएका थिए ।

यस्तै, एमाले सांसद राजीव पहारीले पनि श्रेष्ठलाई तत्काल माफी माग्न लगाउनुपर्ने माग गरेका थिए ।

तर, सभामुख नेत्रनाथ अधिकारीले कुनै प्रतिक्रिया नदिइ सभा अगाडि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्