| शनिबार, बैशाख ८, २०८१

सुशासन र पारदर्शिता कायम गर्छौं ः ओली

सुशासन र पारदर्शिता कायम गर्छौं ः ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन् ।

मदन भण्डारी स्मृति बाटिकाको मं‌गलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन् । ‘सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन’, उनले भने, ‘बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ । विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं ।’

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्