| शनिबार, बैशाख ८, २०८१

ओली–प्रचण्डलाई बैशाख १४ मा एकताको मिति तोक्नैै कठिन !

ओली–प्रचण्डलाई बैशाख १४ मा एकताको मिति तोक्नैै कठिन !

गृहजिल्ला चितवन पुगेलगत्तै मंगलबार (११ बैशाख) मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलमा भने, ‘१४ बैशाखमा एमाले–माओवादी केन्द्रबीच एकताको नयाँ मिति तोकिनेछ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर चितवन ओर्लेका प्रचण्डले दुई पार्टीबीचको एकता बैशाखभित्रै एकता हुने दावी पनि गरे।

एकता संयोजन समिति अन्तर्गत गठित दुई कार्यदलले ९ बैशाखमा एकता गर्न सिफारिस गरेका थिए। तर, त्यो मितिमा एकता हुन सकेन। बरु संयुक्त रुपमा राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रमका लागि तयार पारिएको बोर्डका कारण एमाले–माओवादी केन्द्रका नेतादेखि कार्यकर्ताबीचको आपसी सौहाद्र्धता समेत तोडिन पुग्यो।

राष्ट्रिय सभागृहमा उत्पन्न तनावपछिको तेस्रो दिन ११ बैशाखमामात्र एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भेट हुनसक्यो। तर, संयोजन समितिबाट विवाद सल्ट्याउने जिम्मा पाएपछि चौंथोपटक बसेको दुई नेताबीचको एक्लाएक्लै वार्तालेपनि एकता टुङ्ग्याउने विषयमा कुनै निष्कर्ष निकाल्न सकेन।

मंगलबार ओली–प्रचण्डबीच भएको ‘सहमति’ भनेको १४ बैशाखमा फेरि एक्लाएक्लै वार्ता गर्ने भन्नेमात्र हो। एमाले–माओवादी केन्द्रबीच केन्द्रीय कमिटीमा कुन पार्टीबाट कति सदस्य राख्ने भन्ने विवाद छ। र, यो विवाद ११ बैशाखको वार्ताले पनि केन्द्रीय कमिटीमा कुन पार्टीबाट कति सदस्य राख्ने भन्ने विषय टुङ्ग्याउन सकेन।

प्रतिक्रिया दिनुहोस्