| शनिबार, बैशाख ८, २०८१

रामचन्द्रलाई विमलेन्द्रको प्रश्न– भाग खोजेर दोहोरो चरित्र देखाउने ?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बैठकमा केन्द्रीय सदस्यहरूले आज आफ्नो धारणा राख्ने क्रम सकिएसँगै पदाधिकारीले जवाफ दिने भनिए पनि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

आजको बैठकमा अन्तिममा केन्द्रीय सदस्य रामचन्द्र पौडेलले आफ्ना धारणा राखेका थिए।

बैठकमा हिजो ३ घन्टाभन्दा बढी बोल्दा पनि आफ्नो धारणा नसिध्याएका विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले आज थप सबा १ घन्टा बोलेका थिए।

‘उहाँले पार्टी एकीकरण गर्दा भएका सम्झौताहरूलाई लागू गर्न जोड दिनुभयो’, प्रवक्ता शर्माले भने, ‘बैठक भोलि ९ बजे पुनः बस्नेगरी स्थगित भएको छ।’

गच्छदारपछि बोलेका पौडेलले चुनावमा अन्तर्घात गर्नेहरूलाई छानबिन गरी कारबाही गर्न जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्