| शुक्रबार, बैशाख ७, २०८१

नेपाल नेत्रहिन संघका अध्यक्षमा पवन बस्नेत

नेत्रहिन संघ गोरखाको आठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन ले पवन बस्नेतको अध्यक्षतामा नयाँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

मंगलबार राती सम्पन्न निर्वाचन बाट बस्नेत निर्विरोध अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा दिपक बहादुर वानिया र सहसचिवमा देविदत्त खनाल पनि निर्विरोध निर्विरोध भएका हुन् ।

सचिव पदमा भने मतदान गरिएको थियो । मतदानबाट पार्वती गोरखालीलाई हराउँदै परशुराम भट्ट निर्वाचित भएका छन् । विजयी भट्टले ३१ मत ल्याएका छन् भने गोर्खालीले २३ मत ल्याएकी थिइन् । ३८ मत ल्याएर कोषाध्यक्षमा गिता माया श्रेष्ठ निर्वाचित भएकी छिन् । उनका प्रत्यासी सुरेन्द्र कट्टेलले १५ मत ल्याएका छन् ।

त्यस्तै सदस्यमा हिरा पोखरेल, गणेश खत्री, प्रमिला बस्नेत र लिला गुरुङ निर्वाचित भएका छन् । उनीहरुले क्रमश ४१, ३६, ३६ र ३५ मत ल्याएका छन् । चार सदस्यका लागी ६ जनाको उमेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्