| सोमवार, अशोज ५, २०७७

मनासिब मुआव्जा निर्धारण गर्न समाजवादी पार्टी नेपालको आग्रह

मुआव्जाका कारण समस्या सिर्जना गरी सरकारले बूढीगण्डकी आयोजना असफल पार्न खोजेको समाजवादी पार्टी नेपालले आरोप लगाएको छ ।

पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकालले विज्ञप्ति जारी गरी यथोचित मुआव्जा निर्धारण गरी प्रभावितको भावनाको सम्मान गर्न आग्रह गरिएको छ ।

पर्याप्त बहश र छलफल नगरी समितिले मनोमानी ढंगले मुआव्जा निर्धारण गरी डुबान पीडित क्षेत्रका बासिन्दाको भावनामाथि कुठाराघात गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यून मुआव्जाका कारण आन्दोलन रत डुबान पीडितको मागको यथोचित सम्बोधन हुने गरी मुआव्जा पुनरावलोकन गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ । बूढीगण्डकी आयोजनाको काम अघि बढाउनुपर्ने सो पाटीको माग छ ।

प्रतिक्रिया दिनुहोस्