| मङ्लबार, अशोज १३, २०७७

बादल

मोदी भ्रमणको सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले मंगलबार जनकपुरको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्।उनले सुरक्षा अवस्था थप सुदृढ बनाउन जनकपुरस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

 

साथै गृहमन्त्री थापाले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग सुरक्षा अवस्थाका विषयमा छलफल गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल भ्रमणका क्रममा जनकपुर आउने कार्यक्रम रहेकाले गृहमन्त्री सुरक्षा अवस्था बुझ्न त्यहाँ पुगेका हुन्।

जिल्लास्थित सुरक्षा निकायले सुरक्षा तयारीबारे ब्रिफिङ गरेका थिए। मन्त्री थापा जनकपुरबाट मंगलबारै ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा सहभागी हुन हेटौंडा जाने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्