| आइतवार, अशोज ११, २०७७

शिक्षक संघको २३ औं प्रतिनिधिसभा सम्पन्न

 

नेपाल शिक्षक संघ, जिल्ला समिति गोरखाको २३ औँ जिल्ला प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभामा जिल्लाका ११ वटा पालिका स्तरीय समितिका पदाधिकारी सहभागी थिए ।

सभामा संघका जिल्ला सचिव लक्ष्मण आचार्यले पेश गरेको सचिवको प्रतिवेदन तथा अर्थसचिव रामेश्वर पोखरेलले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो ।

कार्यक्रममा प्रमुख संघका अतिथि संघीय कार्यसमितिका अर्थ महासचिव पुष्पकला भट्टराई, संघका गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव विजयराज पौडेल, नेपाली कांग्रेसका शिक्षा शाखा प्रमुख सुकदेव दवाडी, संघका लमजुङ जिल्लाका अध्यक्ष शिवराज अधिकारी, नगरपालिकाका शिक्षा बिभाग प्रमुख रहमतुल्ला मिया, संघका पूर्व अध्यक्ष तयराज गुरुङ, संघका प्रदेश उपाध्यक्ष मोहनबाबु सापकोटा, संघीय सदस्य सिताराम भट्ट, संघका नगर समितिका अध्यक्ष नन्दकुमार श्रेष्ठ, गाउँअध्यक्ष रामकाजी श्रेष्ठ, महिला उपाध्यक्ष सगुना ढकालले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सभामा शिक्षकसंग सम्बन्धित बिषयहरु, अस्थायी शिक्षकको समस्या समाधानका लागि भएका पहल, राष्ट्रिय स्तरको दरबन्दी मिलानको अबस्था, राष्ट्रिय शिक्षा ऐन नबन्दा भोग्नु परेको समस्याका बारेमा छलफल भएको जिल्ला सचिव लक्ष्मणबाबु आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्