| शनिबार, अशोज १०, २०७७

ईच्छाकामना

ईच्छाकामना गाँउपालिकाको दोस्रो गाँउसभा ः २१ वटा ऐन, नियमावली र कार्यविधीहरु पारित

चित्र बहादुर गुरुङ ; चितवनको एक मात्र गाँउपालिका ईच्छाकामनाले २१ वटा ऐन, नियमावली र कार्य्विधिहरु पारित गर्दै दोस्रो गाँउ सभा सम्पन्न गरेको छ । गाँउपालिका अध्यक्ष गिता कुमारी गुरुङ अध्यक्षतामा बिहिबार कुरिनटारमा सम्पन्न गाँउसभाले स्थानीय राजपत्र प्रकाशन कार्य्विधि २०७४, शिक्षा ऐन, कृषि व्यवसाय ऐन, एफ एम रेडियो व्यवस्थापन तथा संचालन कार्य्विधि २०७४, पशासकिय कार्य्विधि ऐन,उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्य्विधि, घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धि कार्य्विधि, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्य्विधि सम्बन्धमा व्यवस्था गर्न बनेको विद्यायक, आर्थिक कार्य्विधि व्यवस्थित गर्न बनेको कानुन, सहकारी ऐन, बजार अनुगम निर्दे्शिका, कर्मचारी आचारसंहिता २०७४, भवन निर्माण प्रमाणिकरण कार्य्विधि २०७४,घर बहाल कर नियमावली,प्राविधिक कर्मचारी व्यावस्थापन कार्य्विधि सम्बन्धि २०७४, घर नक्सा कार्य्विधि २०७४, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापपन गर्न बनेको विद्यायक २०७४, टोल विकास संचालन कार्य्विधि र एकिकृत सम्पती कर ऐन लगायत रहेको प्रवक्ता सावित्री गुरुङले जानकारी दिनुभयो ।

गाउँसभाका सदस्यहरुकाबीचमा ब्यापक छलफल गरि ऐन, नियमावली र कार्य्विधिहरु पारित गरिएको हो । यस्तै गाउँसभाको समुद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकाको सम्पुर्ण विकासको जिम्मा प्रमुख देखि वडा सदस्य सम्म सम्पूर्ण जनप्रतिनिधिहरुको नै रहेको बताउनुभयो ।अध्यक्ष गुरुङले भन्नुभयो “ केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार मध्ये अधिकार सम्पन्न स्थानिय सरकारका प्रमुख उप्रमुख वडा अध्यक्ष सदस्य सभासद हामी हौँ, त्यसैले गाउँपालिकाको विकासको सम्पुर्ण जिम्मा तपाइलाई छ हामीलाई छ, जनताले हामीलाई विश्वास गरेर यो ठाउँमा पु¥याएको हो ।” ऐन, नियमावली र कार्य्विधिहरु पारित भएपछि काम गर्न सहज हुने अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष कृति कुमार श्रेष्ठले विद्ययक पारीत गरिसकेपछि पनि केही थपघट गर्न पर्ने विषयमा निर्णय गर्दै जाने कार्यपालिकामा सहमती भएको बताउनुभयो । वडा सदस्यहरु पनि आफुहरु जस्तै जनताको मत पाएको जनप्रतिनिधि भएकोले कार्यपालिकाको हरेक निर्णयहरु वडा सदस्यहरुलाई जानकारी गराउन वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा न ३ का अध्यक्ष गोवर्धन अधिकारी वडा न ५ का मोदराज सिलवाल, वडा न १ का नन्दलाल गिरि वडा सदस्य राम बहादुर घर्ती लगायतले बोलेका थिए । उनिहरुले एक बर्षमा सोचे जस्तो काम गर्न नसकिएको बताएका छन् । नयाँ अनुभव भएकाले काम गराईमा केही कमजोरी हुन सक्ने भन्दै उनिहरुले कमीकमजोरीलाई सच्याउदैँ आगामि दिनमा विकास र जनताको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए । साथै सभामा प्रशासकीय अधिकृत नरहरिसापकोटाले हालसम्म संचालन भएका विकास निर्माण र खर्चको विवरण प्रश्तुत गर्नुभएको थियो । कार्यक्रम गाउँपालिकाका शिक्षा अधिकारी दिपक सिग्देलले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्