| शनिबार, बैशाख ८, २०८१

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई

सिन्डिकेट र कार्टेलिङ बिकासका दुस्मन हुन्, : भट्टराई

२१ बैशाख : देशभर सिन्डिकेटधारी र एकाधिकारबादिको बोलवाला बढेको भन्दै पुर्वप्रधानमन्त्री एवम नयाँशक्ती पार्टिका संयोजक बाबुराम भट्टराईले बिरोध जनाएका छन ।

सिन्डिकेट पक्षधरले देशब्यापी यातायात हडताल गरेर सर्वसाधारणलाई दुख दिएपछी भट्टराईले सामाजिक सन्जाल ट्विटरमार्फत आलोचना गरेका हुन ।

भट्टराईका अनुसार समाजवादमा पुग्ने बाटो भनेको प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवाद हो।

उनले सबै खाले सिन्डिकेट कार्टेल/एकाधिकार/क्रोनिज्म/प्रतिस्पर्धा र विकासका दुश्मन भन्दै यिनलाई नष्ट गर्दै अगाडी बढ्न सबै दल नागरिकलाई आव्हान गरेका छन ।

यस्ता गलत प्रवृत्ति र तत्वसंग झुक्न नहुनेमा भट्टराईको जोड छ ।

Baburam Bhattarai

@brb1954

समाजवादमा पुग्ने बाटो भनेको प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवाद हो। सबै खाले सिन्डिकेट/कार्टेल/एकाधिकार/क्रोनिज्म इ. प्रतिस्पर्धा र विकासका दुश्मन हुन्! यिनलाई नष्ट गर्दै अघि बढ्न सबै दल/नागरिक एक हौं! गलत प्रवृत्ति र तत्वसंग नझुकौं!

प्रतिक्रिया दिनुहोस्