| शुक्रबार, अशोज ९, २०७७

अब मोहनविक्रम, मोहन वैद्य र विप्लव एक हुने

साना कम्युनिस्ट पार्टीहरु एकीकृत हुने तयारी थालेका छन् । त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र अघि बढेको छ ।

मुख्यतः पार्टीको रणनीतिक र कार्यनीतिका विषयमा छलफल नटुंगिदा एकता प्रक्रिया लम्बिएको क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेंलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्