| शनिबार, बैशाख ८, २०८१

मोदी

मोदीको स्वागतमा एक करोड २६ लाखको मञ्च तयार

कडा सुरक्षा घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन स्थलको व्यवस्थापन भइरहेको छ। वैशाख २८ गते हुने मोदीको राजकीय भ्रमणको क्रममा जनकपुरको बारहविघा मैदानमा हुने नागरिक अभिनन्दनका लागि मञ्च निर्माणको कार्यलाई तिव्रता दिइएको छ।

५० हजार भन्दा बढी सर्वसाधारण अटाउन सक्ने आधुनिक मञ्चको निर्माणको काम भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव कसन किशोर झाका अनुसार एक करोड २६ लाख खर्चिएर मञ्च बनाने काम भइरहेको छ। बारहविघा मैदानमा भइरहेको मञ्च निर्माण तथा अन्य व्यवस्थापनको कार्य नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष सुरक्षा घेरामा भइरहेको छ।

बारहविघा मैदानको प्रवेशद्वारमै प्रहरीको टोली छ भने चारैतिर सुरक्षाका लागि २४ सै घण्टा सुरक्षाकर्मी उभिएका हुन्छन्। मैदान भित्र सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ। तस्बिर खिच्न प्रहरी उच्च अधिकारीबाट स्वीकृत लिएर मात्र मैदानमा प्रवेश दिइएको छ। सुरक्षा संवेदनशीलतालाई हेर्दै सर्वसाधारणको प्रवेशमा रोक लगाउनु परेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्