| सोमवार, अशोज १२, २०७७

मोदीको भ्रमणले एकतामा भएको हो ः प्रवक्ता भुसाल

मोदीको भ्रमणले एकता ढिला भएको हो ः प्रवक्ता भुसाल

कपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी छन्।

रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको उनले बताइन्।

पार्टी एकीकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगल दुई पार्टी एकीकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकीकरणका लागि आवश्यक तयारी गरिरहेको बताइन्।  भुसालले पार्टी एकीकरणका विषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाबारे आएका समाचारहरु निराधार भएको दाबी गर्दै पार्टी एकीकरणमा कुनै खालको बार्गेनिङ नभएको स्पष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस्