| बिहिबार, अशोज १५, २०७७

पदका कारण पार्टी एकता रोकिन्न ः विष्णु पौडेल

पदका कारण पार्टी एकता रोकिन्न ः विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी एकता दुई हप्ताभित्र हुने बताएका छन्।

 

प्रेस चौतारी पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमाले र माओवादी केन्द्रबीचका पार्टी एकता पदका कारण नरोकिने र पार्टी एकता बिथोल्ने कुनै पनि प्रयास सफल नहुने बताएका हुन्।

अज्ञानताबाट नभै योजना र लक्ष्यका साथ अघि बढाइएकाले एकता प्रक्रिया नरोकिने उनको भनाइ थियो। पार्टी एकताले देशमा अस्थिरताका साथसाथै भ्रष्टाचार, महिला हिंसा, बोक्सी प्रथा लगायतका बेथिति अन्त्यका लागि पनि ठूलो सहयोग हुने उनले उल्लेख गरे।रासस

प्रतिक्रिया दिनुहोस्