| बिहिबार, अशोज १५, २०७७

मोदी र ओली उस्तै भेषमा भेट

मोदी र ओली उस्तै भेषमा भेट

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उस्तै भेषमा जानकी मन्दिर पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  घ्यू रंगको कुर्ता लगाएर जनकपुर आइपुगेका हुन्।

यसअघि प्रधानमन्त्री ओली पनि कुर्ता, पाइजामा र सेतो गम्छामा जनकपुर पुगेका थिए।

ओली र मोदी दुबैले घ्यू रंगको कुर्ता र सेतो पाइजामा लगाएका छन्।  गम्छा भने फरक-फरक छ। मोदीलाई जनकपुर विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए।

ओली र मोदी दुवैले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ। दुवैले संयुक्त रूपमा रामायण सर्किटको पनि उद्घाटन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्