| शुक्रबार, अशोज २, २०७७

ओली

मोदीलाई नागरिक अभिनन्दन दिँदा कहाँ गए ओली ?

जनकपुर उपमहानगरपालिकाले गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् ।

नेपाल सरकारको प्रतिनिधिका रुपमा रक्षामन्त्री ईश्वर पोखरेल नागरिक अभिनन्दन सरिक भएका छन् भने प्रदेश सरकारकातर्फबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागी भएका थिए ।

जानकी मन्दिरमा मोदीलाई स्वागत गरी पूजापाठसँगै गरेका ओली नागरिक अभिनन्दनमा सहभागी भएनन् । मोदीलाई जनकपुरमा तीन वटा १२१ किलोका मालाले सम्मान गरिएको छ ।

मोदीलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघद्वारा १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्