| शनिबार, बैशाख ८, २०८१

मोदी

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्।

शुक्रबार बिहान जनकपुर उत्रिएका मोदी नागरिक अभिनन्दनपछि अपरान्ह काठमाडौं आइपुगेका हुन्।

जनकपुरबाट एअर इन्डियाको जहाज चढेर मोदी  काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका छन्। विमानस्थलमा उनलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे। विमानस्थलबाट मोदी चुच्चेपाटीस्थित हायात होटल जाने कार्यक्रम छ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेलमा हुने गार्ड अफ रनरका लागि सरिक हुने छन्। मोदीले भ्रमण अवधिमा राजनीतिक भेटघाट र तीर्थाटन गर्ने छन्।

यसअघि मोदीले जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरेका थिए।  जनकपुर उपमहानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्