| शनिबार, बैशाख ८, २०८१

पाँच वर्षभित्र प्रत्येक नेपालीको घरमा विद्युत् पुग्छ ः ऊर्जामन्त्रीको

पाँच वर्षभित्र प्रत्येक नेपालीको घरमा विद्युत् पुग्छ ः ऊर्जामन्त्रीको

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा हरेक नेपालीको घरमा विद्युत्सेवा पुर्‍याइने प्रतिवद्धता जनाएका छन्।

हालसम्म ७५ प्रतिशत नागरिकको पहुँचमा मात्र विद्युत् सेवा पुगेको र २५ प्रतिशत नागरिक अँध्यारोमा बस्न बाध्य भएकाले सरकार सबैको पहुँचमा विद्युत पुर्‍याइने उल्लेख गरे।  ‘२५ प्रतिशत जनता विद्युत् सेवा पाउनबाट बञ्चित छन्’, ‘सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार ललितपुरमा उद्घाटन गदै मन्त्री पुनले भने, ‘अबको पाँच वर्षमा सबै नेपालीका घरमा उज्यालो पुर्‍याउने गरी सरकारले काम गरिरहेको छ।’

आर्थिक समृद्धिको राष्ट्रिय अभियानमा विद्युत् क्षेत्रको उल्लेख्य योगदान रहने चर्चा गर्दै मन्त्री पुनले त्यसका लागि विद्युत खपत बढाउने नीति अख्तियार गरिएको बताए।  उनले सरकार आगामी तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरी विदेश निर्यात गर्ने नीति तय गरेको जानकारी दिए।

आफ्नो मन्त्रालयले केही दिनअघि जारी गरेको श्वेतपत्रमा ऊर्जा उत्पादनमा जोड गर्नुका साथै प्रसारण लाइन निर्माण तथा अन्य नीतिगत विषयमा स्पष्ट पारेको जानकारी समेत दिए। सस्तो लोकप्रियताका लागि नभइ नीतिगत स्थिरतासहितको विकासका लागि स्वेतपत्रमा उल्लेख गरिएका विषय कार्यान्यवन गराएरै छाड्ने उनले प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्