| शनिबार, बैशाख ८, २०८१

नाकाबन्दी

‘मोदी हमीले नाकाबन्दी बिर्सिएका छैनौं’ विवेकशील

विवेकशील साझा पार्टीले प्रहरीले पार्टी मुख्यालयमा राखेको ब्यानर पटकपटक फालिदिएपछि बेलुन उडाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सांकेतिक विरोध गरेको छ।  ‘मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं’, लेखेर पार्टी मुख्यालय ललितपुरमा राखेको ब्यानर प्रशासनले दुई पटकसम्म फालिदिएपछि सोही वाक्य लेखेर विवेकशील साझा पार्टीले बेलुन उडाएको हो। सरकारले संकेतिक ब्यानर हटाएपछि सामाजिक सञ्जालमा समेत सरकारको चर्को विरोध भइराखेको छ।

सरकारले शान्तिपूर्ण विरोधमाथि हस्तक्षेप गर्नु अधिनायकवादको स्पष्ट संकेत भएको आरोप विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले लगाएका छन्।  मिश्रले ट्विटरमा लेखेका छन्, ‘विवेकशील साझा पार्टीले कार्यालयमा मोदीजी स्वगत तर नाकाबन्दी बिर्सेका छैनौं लेखेको ब्यानर प्रहरीले निकालेको छ। ब्यानर राख्ने र प्रहरीले झिक्ने क्रम जारी छ। पार्टी कार्यालयमा प्रहरी तैनाथ छन्। केही नबिथोल्ने अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु अधिनायकवादको स्पष्ट संकेत हो।’

प्रतिक्रिया दिनुहोस्