| शनिबार, बैशाख ८, २०८१

पत्रकार

मोदीको भ्रमणमा रिपोटिङ गर्न नेपाली पत्रकारलाई निषेध गरिनु गम्भीर ः ः सांसद पौडेल

प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा समाचार संकलनमा गएका नेपालका पत्रकारलाई निषेध गरिनु गम्भीर विषय भएको बताएकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले राष्ट्रिय सभा गृहमा मोदीको कार्यक्रमको समाचार संकलनमा पुगेका पत्रकारलाई निषेध गरिनु आपत्ति जनक भएको बताएकी हुन्।  उनले भनिन्,‘सुरक्षाले दिएको पाससहित नेपाली पत्रकार समाचार संकलनमा जाँदा रोकिनु कतिको सहि हो? उनीहरुले आफ्नै देशमा ती पत्रकारले प्रमाणसहित निषेध गरिनु गम्भीर हो।’

प्रतिक्रिया दिनुहोस्