| बिहिबार, मंसिर ११, २०७७

विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छलफल

 नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर पौडेल र नेम्वाङसँग अध्यक्ष प्रचण्डले छलफल गरेका हुन् । दुवै नेतासँग प्रचण्डले छुट्टाछुट्ै छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । साथै उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्