| आइतवार, अशोज ११, २०७७

ओली

‘सरकारमा धमिरा लाग्यो, ओलीको राष्ट्रवाद चाकडीमा परिबर्तन’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न सुरू भइसकेको बताएका छन् ।

कांग्रेस धनुषाको १३ औँ अधिवेशनको सोमबार यहाँ उद्घाटन गर्दै उनले भने, ‘सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन ।’  उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न हुन थालेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले देशभक्ति र राष्ट्रियता चाकडीमा परिणत गरिसकेको आरोप लगाए ।

कांग्रेस लोकतन्त्रको सुरक्षाको गार्ड भएको चर्चा गर्दै उनले लोकतन्त्रको रक्षा सन्दर्भमा कतिपय अवस्थामा हार भए पनि लोकतान्त्रिक प्रणालीको रक्षा गर्न सफल भएकाले निराश नभई संगठित हुनु जरूरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्