| बिहिबार, अशोज १५, २०७७

मुक्तिनाथ

मोदीको सत्कार गर्न जनकपुरमा सात करोड खर्च

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च भएको छ। मुख्यमन्त्रीको कार्यालयले मोदीको सत्कारमा भएको खचए व्यहोर्न प्रदेश सरकारसँग बजेट अभाव रहेकाले सात  करोड २० लाख स्वीकृत गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव गरेको आजको नयाँ पत्रिकाले लेखेको छ। यस्तै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा आयोजित नागरिक अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिमा दासत्वको गन्ध आइको भन्दै प्रदेशसभा सदस्यहरूले आलोचना गरेका छन्। प्रदेशसभाको मंगलबारको बैठकमा कांग्रेस, एमाले र माओवादीका सांसदले राउतको अभिव्यक्तिप्रति आपत्ति जनाएको आजको अन्नपूर्ण पोस्टले छापेको छ।

प्रतिक्रिया दिनुहोस्