| बुधबार, अशोज १४, २०७७

कम्युनिष्ट पार्टी नफुट्ने गरी एकता हुन्छ ः प्रधानमन्त्री

कम्युनिष्ट पार्टी नफुट्ने गरी एकता हुन्छ ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच पार्टी एकता हुन लागेको बताउनुभएको छ ।

मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उहाँले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्टी एकीकरण गर्न लागेको बताउनुभयो ।

“एकतापछि बन्ने एकीकृत कम्युनिष्ट पार्टीले मुलुकलाई नयाँ उचाइमा पु¥याउने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई पार्टीबीचको एकताले नेपालको राजनीतिक, सामाजिक, नेपालको वर्तमान र भविष्य, नेपालको अर्थतन्त्र र सांस्कृतिक उचाइलाई अनेक कोणले प्रभावित पार्दै असाधारण र दूरगामी महत्व राख्ने छ ।”

उहाँले मदन भण्डारी र जीवराज आश्रितको योगदानको कदर गर्दै उहाँहरुको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्न लागेको बताउनुभयो । एकतामार्फत नै मदन भण्डारीले सोचेको सुखी नेपाली र स्वाभिमान नेपालीको सपना साकार पार्ने उहाँको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्