| शनिबार, बैशाख ८, २०८१

ओली

सिट बुक गर्न सभागृह गर्इहाल्नुस ः ओली

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई राष्ट्रिय सभा गृह गइराख्न निर्देशन दिएका छन्।

२५ औं मदन९आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा बिहीबार बिहान आयोजित कार्यक्रममा बोल्दै ओलीले आजै पार्टी एकताको घोषणा हुने भन्दै सिट बुक गर्न सभागृह गइराख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्।

‘साथीहरूलाई बाहिर पर्याप्त ठाउँ त हुँदैन। बाहिर पाल कति राखिन्छरु तर तीन बजे राष्ट्रिय सभागृहमा पुगिराख्दा हुन्छ। चउरमै बसे हुन्छ,’ ओलीले भने।

यो कार्यक्रम पछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ। बैठकमा दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । र, दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय गर्नेछ। त्यसपछि एमाले केन्द्रीय कमिटी बैठक र माओवादी सचिवालय बैठक बस्नेछ।

प्रतिक्रिया दिनुहोस्