| शनिबार, बैशाख ८, २०८१

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली गठन गरेको छ।  

वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको सरकारका प्रवक्ता संचारमन्त्री पार्वत गुरुङले जानकारी दिए। उनले विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्