| बुधबार, अशोज १४, २०७७

केन्द्रमा एकता, प्रदेश र जिल्लामा दुवै पार्टी ‘जीवितै’

नेकपाको सबै संगठनहरू एकीकरण हुन तीन महिना लाग्ने

नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा भए पनि प्रदेशदेखि स्थानीय तहसम्म पार्टीको संगठनहरू एकीकरण हुन भने झन्डै तीन महिना लाग्ने नेताहरूले बताएका छन्।

केन्द्रमा दुई अध्यक्षको व्यवस्था गरिएको भए पनि तल्ला तहका कमिटिहरूमा भने एकजना मात्रै अध्यक्ष हुने उनीहरूको भनाइ छ। भातृ संगठनहरूको एकताको निर्णय भने नवगठित पार्टीको संगठन विभाग बनेपछि मात्रै टुङ्गो लाग्ने बताइएको छ।

दुई वाम पार्टीबीचको एकतासँगै केन्द्रीय स्तरको संगठनको संरचना र बाँडफाँटको टुङ्गो लगाइएको छ तर प्रदेश, जिल्ला र स्थानीय तहमा एकता अनुरूपको पार्टी संगठन बन्न भने अझै केही समय लाग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्