| शनिबार, बैशाख ८, २०८१

ओली

दश बषमै देश समृद्ध हुन्छ ः ओली

प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी भएका छन् ।

कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उनी आज बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी भएका हुन् ।

सो अवसरमा उनले मुलुक विकास र समृद्धितर्फ लम्किएको बताए । प्रधानमन्त्री ओलीले एकतापछि बनेको कम्युनिष्ट सरकारले १० वर्षमा मुलुकलाई समृद्ध बनाउने बताए । ‘दश वर्षमा मुलुकको मुहार फेर्ने गरी काम हुन्छ’, उनले भने, ‘अब पनि मुलुक नबने कहिल्यै बन्ने छैन । त्यसैले १० वर्षमा विकासमा कायापलट हुनेछ ।’

उनले नेपालमा भएका स्रोत साधनबाट नै मुलुकको विकास गरिने भन्दै नेपालीलाई यहाँकै उत्पादनले खान लगाउन पुग्ने हुँदा ती उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्