| बिहिबार, अशोज १५, २०७७

प्रचण्ड

दुई पार्टी एकता हुनु विश्वकै असाधारण घटनाः प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीचको एकता विश्वकै असाधरण घटना भएको दावी गरेका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको दावी गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको नयाँ यात्रा सुरु गर्नका लागि दुई पार्टीका बीचको एकताले मार्ग प्रशस्त गरेको बताए।  उनले गत निर्वाचनमा आफूहरुले जनतासँग गरेको बाँचा पुरा गरेको भन्दै उनले जनताका आकांक्ष पूरा गर्न एकजुट भएर लागि पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्