| शुक्रबार, अशोज ९, २०७७

ओली

संविधान संशोधन हुन सक्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन अनुकुल भुमिका खेल्न सक्ने औचित्यका आधारमा संविधान संसोधन गरिने बताएका छन्।

पार्टी एकिकरण पछि शनिबार संघीय संसद भवन नयाँ वानेश्वरमा बसेको पहिलो संसदीय दलको एकिकृत बैठकमा नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउने सवालमा संविधान संसोधन हुने बताएका हुन्। उनले राष्ट्र विकासको साझा संकल्प पुरा गर्ने सवालमा संविधान संसोधन गरिने बताए।

उनले राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनता लगायत आन्तरिक मामिलामा स्वतन्त्र राष्ट्रको हैसियतको सरकारले काम गर्ने स्पष्ट पारे। अरुबाट नियन्त्रित र निर्देशित भएर सरकार नचल्ने भन्दै उनले राष्ट्रिय स्वभिमानमा आँच आउन नदिने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्