| बुधबार, अशोज १४, २०७७

मोदीको पर्याय नै भ्रष्टाचार हो ः राहुल गान्धी

मोदीको पर्याय नै भ्रष्टाचार हो ः राहुल गान्धी

भारतीय कांग्रेस ९कांग्रेस–आइ० का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभइ मोदीको पर्याय नै भ्रष्टाचार भएको बताएका छन्।

कर्नाठटक राज्यमा मोदीको सरकार ५४ घण्टामै विघटन भएपछि उत्साहित मुद्रामा देखिएका राहुलले सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, ुतपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ।” गान्धीले थपे, “प्रधानमन्त्रीले मुलुकमा आफू भ्रष्टाचार विरुद्ध लडिरहेको भन्नुहुन्छ तर यो पूर्णतया झूट हो। उहाँ भ्रष्टाचारी हो र भ्रष्टाचार उहाँको पर्याय बनेको छ।

गान्धीले भने यो भारतीय जनता पार्टी ९भाजपा० लाई पाठ भएको छ कि प्रधानमन्त्री मोदी र पार्टी प्रमुख अमित शाहभन्दा भारतीय समाज, जनता र व्यवस्था ठूला हुन्। गान्धीले भने, “प्रधानमन्त्री मोदी र हत्याको आरोप लागेका शाहसहित बिजेपीलाई मुलुकले देखाइदिइसकेको छ कि उहाँहरूको पैसाको थैलीभन्दा भारतीय संघसंस्था ठूला हुन्।ु भारतीय जनता पार्टीका अध्यक्ष शाहलाई एक हत्या आरोपमा दोषी मानिएको छ। उक्त मुद्दा अदालतमा चलिरहेको छ।

त्यसलाई हटाउने चलखेलमा भाजपा लागेको विपक्षीले आरोप लगाएका छन्। उक्त मुद्दा हेर्ने एक न्यायाधीशले आत्महत्या गरेको बताइएको छ। उक्त मुद्दाको अन्तिम सुनुवाइ पूर्व भएको उक्त मृत्युलाई विपक्षीले आत्महत्या नभइ हत्या भएको आरोप लगाउँदै आएका छन्। सोही मामिलामा राहुलले शाहलाई हत्या आरोपी भन्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्