| शुक्रबार, चैत्र १६, २०८०

बादल

गृहमन्त्रीको सम्पति २० हजार र उपहार दुई कुकुर मात्रै

गृहमन्त्रीको सम्पत्ति २० हजार र दुई कुकुर !

गृहमन्त्री रामबहादुर थापाको सम्पत्ति कति होला रु सामान्य नागरिकले सहजै अनुमान गर्छन्। करोडमाथि छ। शान्ति प्रक्रियामा आएपछि बादल लगातार सांसद र मन्त्री पनि पटकपटक भए। तर, सम्पत्ति विवरण सार्वजनिक गरिएको फारममा उनको सम्पत्ति एभरेष्ट बैंकको खतामा २० हजार मात्र भएको उल्लेख छ।

यत्ति रकम पनि गृहमन्त्रीले २०६४(०६८ सम्म सभासद हुँदा आम्दानी गरेका हुन् रे १ अझ उनको त्यो खाता बन्द गरिएको जानकारी सोही फारममा गराइएको छ। बादलको स्वकीय सचिवालयका सदस्य बिरु तामाङको नाममा रहेको एभरेष्ट बैंकको खातामा भने तीन लाख ६० हजार एक सय ९३ रुपैयाँ भएको उल्लेख छ।

बादलले अन्य सम्पत्ति सबै श्रीमतीकै नाममा देखाएका छन्। जहाँ शेयर, सुन, घरजग्गा सबै श्रीमतीकै नाममा छ। त्यो सम्पत्ति पनि सबै माइतीपक्षबाट दाइजो आएको वा विदेशबाट श्रीमतीका भाइ बहिनीबाट उपहार पाएको उल्लेख छ।

गृहमन्त्री बादलले अरुकुरा ढाँटे पनि कृषि तथा पशुधन को विवरणमा भने दुई कुकुर निधक्कसाथ लेखेका छन्। यी कुकुरको खरिद मूल्य छैन। जुन कुकुर थापालाई छिमेकीबाट प्राप्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्