| शनिबार, बैशाख ८, २०८१

अर्धवार्षिकीमा एक स्मरणीय व्यक्तित्वको स्मरण


स्वाभिमानी ब्यक्तित्वको बिम्बको पहिचान बनाउन सफल पुर्ब प्रधानपञ्च बि सं १९९५ बैशाख १७ गते जन्म भै बि सं २०७७ साल पौष २१ गते स्वर्गे हुनु भएका दिल बहादुर केसीको मिति २०७८÷०३÷१७ गते पर्न गएको अर्धबार्षिकीको अवसरमा उहाँप्रति हार्दिक श्रध्दा सुमन अर्पण गर्न चाहन्छु।

उहाको योगदान बुंकोटबासीहरुले कहिलै भुल्न सक्ने छैनन् । उहाँ बुंकोटको लामो समय (१९बर्ष) प्रधानपञ्चको जिम्मे वारी समाल्नु भयो । यस क्रममा दीर्घकालीन महत्वका केही सामाजिक परिवर्तनका असल अभ्यासलाई सार्थक उपलब्धिका रुपमा संस्थागत गर्न सफल रहनु भयो ।

बिद्यालय स्थापना, स्वास्थ्य चौकी स्थापना, हुलाक, भेटनरी, कृषि, खानेपानी ब्याबस्थापन जस्ता नागरिक जीवनका आधारभूत आबश्यकताप्रति जिम्मेवार ढंगले सधै लगातार लागिरहनु भयो जसको कारण बुंकोटबासीले आज पनि सबै क्षेत्रमा आफुलाई अग्र पंतिमा उभ्याउन सफल छन् ।

उहाँ निडर, अडिग, निस्वार्थी, निर्भीक र निस्वार्थी स्वभावको हुनुहुन्थ्यो जस्का कारण दिलबहादुर केसीप्रति बुंकोटबासीको अगाध प्रेम छ ।उहाँ प्रति उत्तिकै सम्मान ब्यक्त भएको पाउछौँ । उहाँले शहिदस्मृति मा बिलाई रु ८०,०००÷– चन्दा दिनु भयो र त्यसैको जगमा उक्त बिद्यालयमा +२ खोलियो ।

उहाको दिर्घकालिन सोचका कारण आज स्थानीयस्तरमा नै धेरै सुबिधाहरु यस क्षेत्रका नागरिकहरुले उपभोग गर्दै आउनु भएको छ । यस्ता ब्यक्तित्व बुंकोटबासीहरुले सदा स्मृतिमा राख्ने छन् । उहाँको योगदानको सदा उच्च सम्मान र कदर गर्नेछन् ।

उहाको अर्ध बार्षिकीको अबसरमा पुन भावपुर्ण श्रद्धाञ्जलि एबं परिवार जनमा गहिरो समवेदना । जय बुंकोट ।

वडा अध्यक्ष :
काशीनाथ अंगाई
सहिद लखन गाउँपालिका ८ नं वडा कार्यालय एबं वडाबासी

प्रतिक्रिया दिनुहोस्